काठमाडौं। निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएको छ।
कोशी ब्यारेजमा जलसतह बढ्दै गएपछि पानीको निकास सहज बनाउन थप ढोका खोलिएको हो। हिजो साँझ गरिएको मापनअनुसार ब्यारेजमा प्रतिसेकेन्ड २ लाख १० हजार ९२५ क्युसेक पानीको प्रवाह रहेको थियो र त्यसबेला २१ वटा ढोका सञ्चालनमा थिए। जलसतहमा थप वृद्धि देखिएपछि सोमबार २५ वटा ढोका खोलिएको सम्बन्धित निकायले जनाएको छ।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने व्यवस्था रहेको छ। हाल डुबानको प्रत्यक्ष जोखिम नदेखिए पनि नदीको बहाव निरन्तर बढिरहेकाले उच्च सतर्कता अपनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सप्तकोशी आसपासका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ। साथै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न, नदीमा माछा मार्न तथा दाउरा संकलन गर्न नजान अनुरोध गरिएको छ।
सम्बन्धित निकायले मौसमको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको भन्दै आवश्यक परे थप सुरक्षा तथा पूर्वतयारीका कदम चालिने जनाएको छ।
काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!