काठमाडौ ,माघ २२-पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।
निकट स्रोतका अनुसार केही दिनयता स्वास्थ्य जटिल बनेपछि उनलाई बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको निधन भएको बताइएको छ।
स्वर्गीय भोजप्रसाद भट्टराईको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने प्रलोपा नेता जन्मदेव जैसीले जानकारी दिएका छन्। परिवारजन तथा पार्टीका नेता–कार्यकर्ता अन्तिम श्रद्धाञ्जली र संस्कारको तयारीमा जुटेका छन्।
काठमाडौं/देशभर आज सम्पन्न प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि बेलुका ५ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!