काठमाडौं–८ मा रास्वपाको ऐतिहासिक जित, २१ उम्मेदवारको जमानत जफत

काठमाडौं–८ मा रास्वपाको ऐतिहासिक जित, २१ उम्मेदवारको जमानत जफत


काठमाडौं ।प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रेष्ठ सानदार मतसहित विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै भारी मतान्तरले जित हात पारेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढी मतान्तरले पछि पार्दै स्पष्ट विजय हासिल गरेका छन्।
यस निर्वाचन क्षेत्रको परिणामले परम्परागत दलहरूलाई ठूलो झट्का दिएको छ। प्रतिस्पर्धामा रहेका ठूला दलका उम्मेदवारहरू समेत १० प्रतिशत मतको सीमा पार गर्न नसक्दा जमानत जफत भएको छ।

निर्वाचन कानुनअनुसार कुनै पनि उम्मेदवारले सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसकेमा उसको धरौटी रकम जफत हुने व्यवस्था छ। काठमाडौं–८ मा खसेको कुल सदर मतका आधारमा दोस्रो स्थानमा रहेका उम्मेदवारले समेत उक्त सीमा पार गर्न नसकेपछि प्रतिस्पर्धामा रहेका सबै २१ जना पराजित उम्मेदवारको जमानत जफत भएको हो।

मतपरिणामअनुसार रास्वपाका उम्मेदवार श्रेष्ठपछि दोस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन्। त्यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ मत प्राप्त गरिन्।
त्यसैगरी नेकपा (एमाले) का राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नबिन शाही दुवैले १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत पाएका छन्।

ठूला दलका यी कुनै पनि उम्मेदवारले आवश्यक १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको धरौटी जफत भएको हो। अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको मत परिणाम अझै न्यून देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक १३ अङ्कले बढ्यो
2 घण्टा अगाडि

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिस ...

छुटाउनुभयो कि ?

TOP