नेपालको शान्तिपूर्ण चुनावप्रति भारतीय प्रधानमन्त्री मोदीको बधाई

नेपालको शान्तिपूर्ण चुनावप्रति भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौ ।नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले नेपालको चुनाव सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका हुन्।
उनले नेपालका जनता र सरकारलाई बधाई दिँदै नेपाली नागरिकहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफूलाई निकै हर्ष लागेको उल्लेख गरेका छन्।

मोदीले यसलाई नेपालको लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धि समेत बताएका छन्।
त्यसैगरी उनले नेपाल र भारतबीचको मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार भारत सधैं नेपालका जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न सहकार्य गर्न तयार रहनेछ।

नेपालमा चुनाव सम्पन्न भएपछि छिमेकी तथा मित्र राष्ट्रका नेताहरूबाट बधाई सन्देश आउने क्रम बढिरहेको छ, जसले नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति अन्तर्राष्ट्रिय चासो र समर्थन झल्किएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
3 घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP