प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको घोषणा

प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको घोषणा

काठमाडौं/देशभर आज सम्पन्न प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभर एकै समयमा १६५ निर्वाचन क्षेत्रमा मतदान भएको निर्वाचन कार्यलयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

निर्वाचन कार्यलयका अनुसार, १५ जिल्लाका केही दुर्गम ठाउँबाट मत हेलिकप्टरमार्फत ओसारिनेछ र शुक्रबार बिहानसम्म मतपेटिका गणना केन्द्रमा पुर्याइनेछ। अन्य स्थानका मतपेटिका भने तोकिएको स्थानमा आजै पुग्ने भएकाले आजैबाट मत गणना सुरु गरिनेछ।

निर्वाचन कार्यलयले जनाए अनुसार  गणना सुरु भएको २४ घन्टाभित्र मत परिणाम सार्वजनिक हुने सम्भावना छ।

देशभर एकैपटक भएको मतदानले चुनावी प्रक्रियामा सहजता र समयमै मत परिणाम पाउने विश्वास जगाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

निर्वाचनका दिन कतै पनि वर्षा नहुने !
एक दिन अगाडि

काठमाडौँ |जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन (बिहीबार) मौसम ...

छुटाउनुभयो कि ?

TOP