“झापा–५ मा बालेनको ऐतिहासिक जित : एमाले अध्यक्ष केपी ओलीलाई भारी मतान्तरले पराजित”

“झापा–५ मा बालेनको ऐतिहासिक जित : एमाले अध्यक्ष केपी ओलीलाई भारी मतान्तरले पराजित”

झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह ऐतिहासिक मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। काठमाडौं महानगरका पूर्वमेयर समेत रहेका शाहले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका हुन्।
अन्तिम मत परिणाम अनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका छन्। उनका प्रतिद्वन्द्वी एमाले अध्यक्ष ओलीले भने १८ हजार ७२४ मत मात्र प्राप्त गरेका छन्। दुवैबीचको मतान्तर ४९ हजार ६१४ रहेको छ, जुन यस निर्वाचनकै सबैभन्दा ठूलो मतान्तरमध्ये एक मानिएको छ।
यसपटकको निर्वाचनमा झापा–५ देशभरकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बनेको थियो। काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएपछि पूर्वप्रधानमन्त्री ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर राष्ट्रिय राजनीति नै तातेको थियो।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै बालेन शाहले मुख्य निर्वाचन कार्यालयबाट निर्वाचन प्रमाणपत्र समेत ग्रहण गरिसकेका छन्। निर्वाचन अधिकारीहरूले उनलाई औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
बालेनको यो जितलाई धेरैले नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको संकेतका रूपमा समेत व्याख्या गर्न थालेका छन्।

झापा–५ मा बालेन शाहको ऐतिहासिक जितसँगै राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
3 घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP