काठमाडौं–६ : रास्वपा उम्मेदवार शिशिर खनालले भ्रष्टाचारविरुद्ध सक्रियता देखाउने वाचा

काठमाडौं–६ : रास्वपा उम्मेदवार शिशिर खनालले भ्रष्टाचारविरुद्ध सक्रियता देखाउने वाचा

काठमाडौ ।काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शिशिर खनालले सरकार बनेको १०० दिनभित्रै आम जनताले अनुभव गर्न सक्ने परिणाम दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै खनालले मुख्य रूपमा भ्रष्टाचारविरुद्ध काम गर्ने बताएका छन्। उनले बताए अनुसार पछिल्लो डेढ महिनाको घरदैलो भ्रमणमा अधिकांश जनताले यही अपेक्षा व्यक्त गरेका थिए।खनालले भने,“हामीप्रति आम जनताले ठूलो अपेक्षा राखेका छन्। धेरैले मलाई राम्रो नीति तथा कानुनमा काम गरिदिनुस् भन्नुभयो। सकेसम्म आम जनताले अनुभूत गर्नेगरी हामी १०० दिनभित्रै केही नतिजा दिने प्रयास गर्नेछौं।”

उनले  यस निर्वाचन परिणामलाई आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको संकेत भन्दै ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

खनालले आगामी दिनमा पारदर्शिता, जवाफदेहिता, र कानुनमा आधारित नीतिहरू कार्यान्वयन गरेर जनताको विश्वास अनुसार परिणाम दिने वाचा पनि दोहोर्याएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक १३ अङ्कले बढ्यो
2 घण्टा अगाडि

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिस ...

छुटाउनुभयो कि ?

TOP