४ दिन रोकिएको फोहोर बञ्चरेडाँंडामा आइतबारबाट पुनः व्यवस्थापन सुरु

काठमाडौँ, कात्तिक १६ — काठमाडौँ उपत्यकामा चार दिनदेखि रोकिएको फोहोर बञ्चरेडाँंडा ल्याण्डफिल साइट आइतबार खुल्दै पुनः व्यवस्थापन सुरु भएको छ। सहरी विकास मन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वातावरण विभाग प्रमुख सरिता राईसहितको टोली बञ्चरेडाँंडामा पुगेका थिए।

स्थानीय बासिन्दा र जनप्रतिनिधिसँगको संवादपछि मन्त्री घिसिङले स्थानीय माग १५ दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि फोहोर फाल्न अनुमति दिइएको हो। ककनी–३ वडाध्यक्ष घननाथ बजगाँइका अनुसार, “स्थानीयको माग पूरा नभए फोहोर फाल्न रोक्नुपर्ने व्यवस्था थियो। तर मन्त्रीज्यूले अहिले नरोक्न भन्नुभयो, त्यसैले फोहोर फाल्न दिएका हौँ। रोकिएका गाडीहरू अहिले बञ्चरेडाँडामा पुग्न थालेका छन्।”

स्थानीय बासिन्दाहरूले लामो समयदेखि फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रण र वातावरणीय सुरक्षा सम्बन्धी माग राख्दै आएका थिए। आइतबारको घटनाले अस्थायी रुपमा व्यवस्था सामान्य भए पनि स्थानीय तथा महानगरबीचको संवाद अझ आवश्यक रहेको देखिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP