इनरुवा–कप्ताङगञ्ज सडक निर्माण ठेक्का तोडियो, १६ करोडभन्दा बढी जमानत जफत

काठमाडौं मङ्सिर १६ — हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक निर्माणको ठेक्का तोडिएको छ। सडक विभागमातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार गौरीपार्वती–देव एन्ड सायर–भूमि जेभीसँग भएको ठेक्का सम्झौता रद्ध गर्ने सार्वजनिक सूचना जारी गरेको हो।

२०७८ माघ २ गते ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको उक्त सडक स्तरोन्नति परियोजना २०८१ साउनभित्र सम्पन्न गर्नुपर्ने थियो। तर निर्माण प्रगति करिब १८ प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ। २०८३ असारसम्म अवधि थपिँदै आए पनि पटक–पटक ताकेता गर्दा समेत काम अघि नबढेको र साइट नै ठप्प बनाएकाले ठेक्का रद्ध गरिएको हो।

ठेक्का विच्छेदसँगै निर्माण कम्पनीको कार्य सम्पादन जमानत १६ करोड ९४ लाख रुपैयाँ र पेस्की दुई करोड ३१ लाख रुपैयाँ जफत गरिनेछ। पेस्की रकममा १० प्रतिशत व्याजसहित असुल गर्न निर्देशनालयले तयारी गरेको छ।

निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम मूल्य कबोल गरेको परियोजना कार्यालयले जनाएको छ। गत साउनमा ‘किन ठेक्का नतोड्ने?’ भन्दै १५ दिने स्पष्टीकरण मागिएको थियो। तर पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्ध गरिएको योजना कार्यालय इटहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP