कुलमानले बन्चरेडाँडा अनुगमन गरे, स्थानीयको अवरोधले फोहोर व्यवस्थापन ठप्प

काठमाडौँ कार्तिक १६ — सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन्। काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले मन्त्री घिसिङ साइट पुगेका हुन्।

तर, बन्चरेडाँडाका स्थानीयले पहिले भएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेका छन्। यही कारण उपत्यकामा फोहोर उठाउन समस्या देखिएको छ र सडक तथा सार्वजनिक स्थानमा फोहोर जम्मा भइरहेको छ।

सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापन सुधारका लागि विभिन्न पहल गर्दै आएको भए पनि स्थानीयको विरोध र अवरोधका कारण योजना प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। मन्त्रालयले स्थानीयसँग पुनः छलफल गरेर सहमति अनुसार फोहोर व्यवस्थापन अघि बढाउने तयारी गरेको जनाएको छ।

उपत्यकामा फोहोर व्यवस्थापनको समस्या बढ्दै गएसँगै स्वास्थ्य र वातावरणीय जोखिम पनि बढ्ने खतरा देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP