शुक्रबारसम्म वर्षा, शनिबारदेखि मौसममा क्रमशः सुधार हुने

शुक्रबारसम्म वर्षा, शनिबारदेखि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ । देशका केही स्थानमा भइरहेको वर्षा शुक्रबारसम्म जारी रहने र शनिबारदेखि भने मौसममा क्रमशः सुधार आउने मौसमविद्ले बताएका छन्।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा भइरहेको छ।

उनका अनुसार शुक्रबार दिउँसोसम्म देशका केही स्थानमा वर्षाको सम्भावना कायमै रहनेछ। त्यसपछि भने मौसममा सुधार हुँदै जाने अनुमान गरिएको छ।

बुधबार पनि देशका विभिन्न स्थानमा वर्षा भएको विभागले जनाएको छ। मौसममा आएको परिवर्तनका कारण यात्रा तथा दैनिक कामकाजमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
13 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP