चर्चामा
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा तथा फलफूलका कार्टुनमार्फत गोप्य रूपमा घुस रकम ओसारपसार भइरहेको आरोप लगाइएको छ।
उजुरीपछि थप सूचना संकलन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका आफन्त तथा उनीसँग जोडिएका केही व्यक्तिको निवासमा खोजतलासी गरेको छ। खोजतलासीका क्रममा अनुसन्धानका लागि विभिन्न कागजात र विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिइएको बताइएको छ।तर, अहिलेसम्म घुससम्बन्धी आरोप प्रमाणित भएको छैन र खोजतलासीका क्रममा कसैलाई पनि पक्राउ गरिएको छैन। विभागले बरामद सामग्री र प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!