चर्चामा
धरान-१५ दन्तकाली चोकमा घरको छतबाट खसेर गम्भीर घाइते भएका १० महिनाका बालकको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीय गौतम श्रेष्ठका १० महिनाका छोरा साइरभ श्रेष्ठ बुधबार दिउँसो करिब ३ः३० बजे घरको एकतले छतमा खेल्ने क्रममा अचानक खसेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
अवस्था गम्भीर भएपछि प्रतिष्ठानले थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरेको थियो। न्यूरो अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!