चर्चामा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चार अधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।सीआईबीले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।
सीआईबीको अनुसन्धानबाट एन्फामा ६६ लाख ५३ हजार रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको निष्कर्ष निकालिएको छ। अनुसन्धानमा एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया तथा विभिन्न प्रतियोगितासँग सम्बन्धित गतिविधिमाथि अध्ययन गरिएको जनाइएको छ।अनुसन्धानका क्रममा एन्फाको मुख्यालयमा छापा मारेर कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरिएको थियो। उनीहरूमाथि खेल मिलेमतो, अनियमितता र ठगीसँग सम्बन्धित आरोपमा अनुसन्धान अघि बढाइएको थियो।
सीआईबीले एन्फासँग सम्बन्धित विभिन्न खरिद तथा आर्थिक कारोबारमा समेत प्रश्न उठाएको छ। बोलपत्र प्रक्रियाबिनै खेल सामग्री खरिद गरिएको र नेपालले घरेलु मैदानमा खेल्नुपर्ने केही अन्तर्राष्ट्रिय खेल अन्यत्र आयोजना गरिएको विषयसमेत अनुसन्धानको दायरामा परेको थियो।सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि चारै जनाविरुद्ध मुद्दा दायर भइसकेको भने होइन। सरकारी वकिलको कार्यालयले प्रतिवेदन र प्रमाण अध्ययन गरेपछि मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय गर्नेछ। कार्यालयले शुक्रबारसम्म निर्णय गर्ने जनाएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!