चर्चामा
ललितपुरमा सरकारी मौज्दातमा राखिएको काठ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेपछि सशस्त्र प्रहरी बलका डीआईजी सुरेशकुमार श्रेष्ठमाथि छानबिन अघि बढेको छ।
मानभवनस्थित पुरानो राणाकालीन भवन भत्काउँदा संकलन गरिएको करिब ९ ट्रक काठ कार्यालय प्रयोजनका लागि लैजाने भन्दै मिल तथा फर्निचरमा लगिएको र त्यसको ठूलो हिस्सा बिक्री गरिएको तथा केही काठ निजी घरमा प्रयोग गरिएको उजुरीमा दाबी गरिएको छ।
उजुरीअनुसार श्रेष्ठ ललितपुरमा एसपी रहेका बेला बाहिर लगिएको भनिएको काठमध्ये केही बालकुमारीस्थित हिलभ्यू हाउजिङमा रहेको निजी घरमा पार्केटिङ र फर्निचर बनाउन प्रयोग गरिएको आरोप छ। उजुरीमा उक्त काठको मूल्य करिब ४ करोड रुपैयाँ बराबर रहेको दाबी गरिएको छ।
उजुरी परेपछि वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय ललितपुर, गृह मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रबाट समेत सत्यतथ्य बुझ्ने प्रक्रिया अघि बढाइएको छ। गृह मन्त्रालयले पनि सशस्त्र प्रहरी प्रधान कार्यालयलाई उजुरीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको बताइएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!