चर्चामा
काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्न सरकारले अस्थायी घर निर्माणको प्रक्रिया अघि बढाएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित परिवारका लागि अस्थायी आवास बनाउन इच्छुक साझेदार संघ–संस्थाबाट प्रस्ताव मागेको छ। संस्थाहरूले कति घर बनाउने, कहाँ बनाउने, सम्बन्धित स्थानीय तह र निर्माण सम्पन्न गर्ने समयसहितको कार्ययोजना पेश गर्नुपर्नेछ।
सरकारका अनुसार पहिलो चरणमा करिब ४ सयदेखि ५ सय परिवारलाई अस्थायी घर आवश्यक देखिएको छ। अहिले पनि रसुवा, नुवाकोट र धादिङका १७ वटा होल्डिङ सेन्टरमा विस्थापित परिवार बसिरहेका छन्।अस्थायी घर सामान्यतया दुई कोठाको हुने र करिब ३२० वर्गफिट क्षेत्रफलमा निर्माण गर्ने तयारी छ। एउटा घर बनाउन करिब २ लाखदेखि ५ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। तर सबै ठाउँमा एउटै डिजाइन भने लागू नहुने सरकारले जनाएको छ, किनकि भौगोलिक अवस्था हेरेर संरचना तय गरिनेछ।
सरकारले अस्थायी आवास निर्माण गर्दा सुरक्षालाई प्राथमिकता दिएको छ। सुरक्षित स्थान पहिचान गरी भौगर्भिक अध्ययनपछि मात्र बस्ती निर्माण गर्ने तयारी छ। दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनर्वासको योजना पनि अघि बढाइएको छ।भोटेकोशी–त्रिशूली बाढीबाट ३२ हजार ९ सयभन्दा बढी मानिस प्रभावित भएका छन् भने ८ हजार ३ सयभन्दा बढी घरपरिवार प्रभावित र ७ हजार ५ सयभन्दा बढी निजी भवनमा क्षति पुगेको तथ्यांक छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!