चर्चामा
काठमाडौं । टोखा नगरपालिका–२ मा ‘क्याच एन सर्भ’ प्रतियोगिता सुरु भएको छ । टोखा नगरपालिका–२ वडा कार्यालय र श्री लघु उद्यम महिला समाज टोखाको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिताको शुक्रबार टोखा–२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा गोकर्ण, टोखा र मेलम्चीलगायत क्षेत्रका ९ वटा महिला टोली सहभागी भएका छन् ।
प्रतियोगिताका खेलहरू असोज १७ गते सनिवार बिहान ७ बजेदेखि टोखा नगरपालिका–२ स्थित गले खेलकुद मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
महिला सशक्तीकरण, स्वास्थ्य तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए । उनले महिलालाई खेलकुदसँग जोड्दै उनीहरूको सहभागिता र सक्रियता बढाउन प्रतियोगिताले सहयोग पुग्ने बताए ।
प्रतियोगिता सञ्चालनका लागि टोखा नगरपालिका–२ वडा कार्यालयले ३ लाख रुपैयाँ सहयोग गरेको श्रेष्ठले बताए । उनले स्थानीयस्तरमा महिलाको खेलकुद सहभागिता बढाउन वडा कार्यालयले आवश्यक सहयोग गर्दै आएको भन्दै प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना दिए ।
श्री लघु उद्यम महिला समाजले महिला सुरक्षा, सम्मान र रोजगारलाई प्राथमिकतामा राख्दै खेलकुदमार्फत महिलालाई संगठित र सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!