पहिरोले खोस्यो घरबास र रोजगारी, जलेश्वरका परिवार धर्मशालामा

पहिरोले खोस्यो घरबास र रोजगारी, जलेश्वरका परिवार धर्मशालामा

म्याग्दीको बेनी नगरपालिका-८ जलेश्वरमा पहिरोका कारण स्थानीय घर छाडेर धर्मशालामा आश्रय लिन बाध्य भएका छन्। असोज ८ देखि ११ गतेसम्मको वर्षापछि राहुवडाको पाखोबाट खसेको पहिरोले बस्तीका घर तथा संरचनामा क्षति पुर्‍याएको हो।

पहिरोले घरमा हिलो पस्नुका साथै कुखुराको खोर, सुन्तला तथा केराका बगैँचा र अन्य संरचनामा क्षति पुर्‍याएको छ। दुई वटा पोल्ट्री फार्ममा रहेका करिब १ हजार ५०० ब्रोइलर कुखुरा नष्ट भएका छन्। घरमा रहेका अन्नपात, कपडा, कागजात तथा बालबालिकाका किताबसमेत पहिरोले पुरेको स्थानीयले बताएका छन्।

जमिनमा चिरा परेकाले थप पहिरोको जोखिम कायमै छ। स्थानीयले तत्काल सुरक्षित आश्रयसँगै दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन्। बस्तीको माथिबाट आउने पहिरो र तल कालीगण्डकीको कटान नियन्त्रणका लागि एकीकृत योजना आवश्यक रहेको भूगर्भविद्ले बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
15 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP