चर्चामा
काठमाडौँ । मौसममा सुधार आएपछि अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको संख्या बढेको छ।बाढीपहिरोका कारण अवरुद्ध सडक तथा पदमार्ग खुलेसँगै अहिले दैनिक करिब ३०० पर्यटक एबीसी पुगिरहेका छन्। विदेशी तथा दक्षिण एसियाली पर्यटकको आगमन बढेको पर्यटन व्यवसायीले बताएका छन्।मनाङ र मनास्लु क्षेत्रका केही पदमार्ग अझै प्रभावित रहेकाले त्यसतर्फ जाने तयारीमा रहेका पर्यटकसमेत वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेका छन्।पोखरा–घान्द्रुक–एबीसी सडक तथा पदमार्ग सञ्चालनमा आइसकेको छ। पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै माछापुच्छ्रे आधार शिविरमा प्राथमिक उपचार केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!