चर्चामा
काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल निलम्बनमा परेका छन् । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेको आरोपमा दाहाललाई निलम्बन गरिएको जनाएको छ।
स्रोतका अनुसार दाहालमाथि अनुसन्धान अघि बढ्नुका प्रमुख दुई कारणमध्ये पहिलो पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्क रहेको छ। असोज ११ गते राति जबरालाई नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याइएलगत्तै दाहाल पनि त्यहाँ पुगेको खुलेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार जबरालाई कार्यालयमा ल्याएको केही समयमै दाहाल टेकु पुगेका थिए। उनले कसैलाई जानकारी नदिई ‘चेन अफ कमाण्ड’ मिचेर कार्यालय पुगेपछि उनीमाथि थप अनुसन्धान सुरु गरिएको स्रोतको दाबी छ।
यस्तै, संवेदनशील सूचना चुहावट प्रकरणकै अनुसन्धानका क्रममा झापाका इनम सापकोटालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि उनलाई एक दिनमै रिहा गरिएको स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार सूचना चुहावटसँग सम्बन्धित विषयमा विभिन्न कोणबाट अनुसन्धान जारी रहेको छ। गृह मन्त्रालयले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!