चर्चामा
काठमाडौ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्थानीय तहका प्रमुखहरूको उल्लेख्य सहभागिता देखिएको छ। विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरू महाधिवेशन प्रतिनिधि बनेर केन्द्रमा स्थानीय तहको प्रतिनिधित्व बढाउने तयारीमा छन्।
नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गोकर्णेश्वरका मेयर दीपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका मेयर जीवन खत्री र रामेछापका मेयर लबश्री न्यौपानेसहित स्थानीय तहका प्रमुखहरू महाधिवेशनमा सक्रिय छन्।
उनीहरूले स्थानीय तहका समस्या, विकासका आवश्यकता र जनताका प्रत्यक्ष सरोकारका विषयलाई कांग्रेसको केन्द्रीय नेतृत्व र नीति निर्माण तहसम्म पुर्याउने बताएका छन्।
स्थानीय सरकार सञ्चालनको अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्दै केन्द्रीय समितिमा समेत स्थानीय तहको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरू सक्रिय रहने उनीहरूको भनाइ छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!