खुलामञ्चमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी पूरा

खुलामञ्चमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी पूरा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र हुन एक दिन बाँकी रहँदा काठमाडौंको खुलामञ्चमा अन्तिम तयारी पूरा गरिएको छ।
आइतबारदेखि सुरु हुने महाधिवेशनका लागि उद्घाटनस्थलमा मञ्च निर्माण, कुर्सी व्यवस्थापन, पार्टीका झण्डा तथा अन्य आवश्यक सामग्री राख्ने काम लगभग सम्पन्न भएको कांग्रेसले जनाएको छ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु हुन लागेको महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो २ बजे खुलामञ्चमा हुनेछ।

कांग्रेसका अनुसार बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछन् भने केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ।

प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया शुक्रबार र शनिबार सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार बाँकी रहेका केही क्षेत्रीय अधिवेशन पनि शनिबार सकिने र भोलिसम्म सबै प्रतिनिधि काठमाडौं आइपुग्नेछन्।

महाधिवेशन प्रतिनिधिको दर्ता शुल्क तीन हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहका लागि खुलामञ्चमा व्यापक व्यवस्थापन गरिएको छ भने देशभरबाट प्रतिनिधि तथा नेता–कार्यकर्ता काठमाडौं आउने क्रम जारी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
15 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP