चर्चामा
काठमाडौं ।काठमाडौँको हात्तीगौँडा क्षेत्रमा ९ वर्षीय बालक फेला परेका छन्। रुकुम (पूर्वी भाग) घर बताउने अन्जन रोका मगर नाम गरेका बालक फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले जनाएको छ।
प्रहरीका अनुसार बालकले आफू काइँली काकी सन्ध्या सङ्गम बस्नेतसँग बस्दै आएको बताएका छन्। उनका ४ वर्षीय भाइको नाम रोहन रोका मगर रहेको पनि बालकले बताएका छन्।
बालकले आफ्ना बुवा दुबई र आमा राजकुमारी साइप्रसमा वैदेशिक रोजगारीमा रहेको जानकारी दिएको प्रहरीले जनाएको छ। बालकले परिवारबारे दिएको विवरणका आधारमा उनको वास्तविक परिवार तथा आफन्तको पहिचान र खोजी भइरहेको प्रहरीले जनाएको छ।
हात्तीगौँडा क्षेत्रमा फेला परेका बालकलाई चिन्ने, उनको परिवार, आफन्त वा स्थायी ठेगानाबारे जानकारी भएका व्यक्तिहरूलाई तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले अनुरोध गरेको छ।
बालकको परिवारसम्म छिटो सम्पर्क पु¥याउने उद्देश्यले प्रहरीले सार्वजनिक रूपमा सूचना जारी गर्दै जानकारी भएका व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
सम्पर्क नम्बर : १००, ९८५७८९०४८१ वा ९८५७८९०४८०
बालकसँग सम्बन्धित थप विवरण वा पहिचान खुल्ने जानकारी भए प्रहरीलाई उपलब्ध गराउन अनुरोध गरिएको छ।
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको भाडा महँगिएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!