चर्चामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा सदस्य मनोनयन गरेको छ ।
सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य तथा सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्यलाई प्रमुख तोकेको छ ।
त्यस्तै, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दिपक कुमार साह र आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाललाई प्रमुख मनोनयन गरिएको छ ।
विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्द बहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।
रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । अभियानअन्तर्गत केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू ७७ जिल्लाका ७५३ पालिकामा पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल गरी सुझाव संकलन गर्नेछन् ।
बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन समिति पनि गठन गरेको छ । विपिनकुमार आचार्यको संयोजकत्वमा गठित समितिमा सातै प्रदेशबाट सदस्य राखिएको छ ।
समितिमा कोशीबाट मिलन लिम्बु, मधेसबाट रहबर अन्सारी, बागमतीबाट तोसिमा कार्की, गण्डकीबाट कविन्द्र बुर्लाकोटी, लुम्बिनीबाट सुशान्त बैदिक, कर्णालीबाट तासी लाजुङ र सुदूरपश्चिमबाट जनकसिंह धामीलाई सदस्य मनोनयन गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकले मधेस प्रदेश संगठनसम्बन्धी प्रतिवेदन अध्ययन गरी आवश्यक कदम चाल्ने तथा काठमाडौं उपत्यकामा पार्टीको नयाँ केन्द्रीय कार्यालयका लागि जग्गा वा घर खोजी गर्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको भाडा महँगिएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!