फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार, बेगनासमा २५ फिट गहिराइबाट शव निकालियो

फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार, बेगनासमा २५ फिट गहिराइबाट शव निकालियो

कास्की ।पोखराको फेवातालमा फसेका ७ जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइडस्थित फेवातालमा अचानक आएको हावाहुरी र पानीका कारण चितवनबाट घुम्न आएका ७ जना चढेको प्याडल बोट डुङ्गा बाँध्ने डोरीको जालोमा फसेको थियो।

घटनाको खबर पाएलगत्तै फेवाताल वाच एण्ड रेस्क्यु टावरबाट खटिएको सशस्त्र प्रहरी टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।

यस्तै, पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय नरेश विकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ।
सल्यान घर भई हाल पोखरा–१४ खसीबजार बस्दै आएका विक असोज १७ गते साँझ बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन तालिम प्राप्त टोली परिचालन गरिएको थियो।

खोजीका क्रममा तालको करिब २५ फिट गहिराइबाट विकको शव फेला पारिएको हो। शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले घटनाबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP