चाडपर्वको मुखमा अचाक्ली महँगी, सर्वसाधारणको भान्सा महँगियो

चाडपर्वको मुखमा अचाक्ली महँगी, सर्वसाधारणको भान्सा महँगियो

काठमाडौ ।चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। दसैँ–तिहारको मुखमा अत्यावश्यक वस्तुको मूल्य बढेपछि सर्वसाधारणको भान्साको खर्च थप महँगिएको छ।

नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो ६ महिनामा धनियाँ पाउडर, चना दाल, काँचो बदाम र काँचो तोरीको तेललगायतका वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

बजारमा मूल्य बढिरहेको तथ्याङ्क सार्वजनिक भइरहेका बेला विभागीय मन्त्रीले भने बजारमा करिब १० प्रतिशत मूल्य घटेको दाबी गरेका छन्। सरकारको दाबी र खुद्रा बजारको तथ्याङ्कबीच देखिएको विरोधाभासले बजारको वास्तविक अवस्थामाथि प्रश्न उठाएको छ।

चाडपर्वका बेला उपभोग बढ्ने भएकाले दैनिक उपभोग्य वस्तुको मूल्य थप बढ्न सक्ने जोखिम छ। मूल्यवृद्धि नियन्त्रण, आपूर्ति सहजता र उपभोक्ताको हित संरक्षणका लागि प्रभावकारी बजार अनुगमन आवश्यक देखिएको छ।

चाडपर्व उत्सवको समय भए पनि बढ्दो महँगीले सर्वसाधारणको खर्च धान्नै कठिन हुने अवस्था सिर्जना गरेको छ। त्यसैले सरकारले बजारमा मूल्यवृद्धिको वास्तविक कारण पहिचान गर्दै उपभोक्तालाई राहत हुने गरी तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
15 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP