नवलपरासी पूर्वमा बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी पूर्वमा बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी ।नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। अन्य घाइतेको डण्डास्थित अस्पतालमा उपचार भइरहेको छ।

मृतकमध्ये केहीको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
15 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP