चर्चामा
काठमाडौँ । आगामी असोज ३० गते दसैँको अवसर पारेर देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’को निर्माण टिम मुख्य दृश्य छायाङ्कनका लागि हङकङ पुगेको छ।
चलचित्रका केही महत्त्वपूर्ण दृश्यहरू खिच्नका लागि अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त र अभिनेत्री रिश्ता गुरुङसहितको टोली हङकङ पुगेको हो। हङकङका विभिन्न रमणीय तथा व्यस्त स्थानहरूमा फिल्मका मुख्य दृश्यहरू खिचिने निर्माण पक्षले जनाएको छ।
हङकङमा हुने सम्पूर्ण छायाङ्कन व्यवस्थापन तथा लाइन प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ। कथाको मागअनुसार प्रवासी परिवेश र परदेशी जीवनको यथार्थलाई पर्दामा जीवन्त रूपमा उतार्न हङकङको छायाङ्कन सेड्युल तय गरिएको निर्देशक चन्द्र पन्तले बताएका छन्।
चलचित्रमा पल शाह र रिश्ता गुरुङका साथै बिपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय देख्न सकिनेछ।
रोशन भट्ट र चन्द्र पन्तको लेखन तथा करण सिंह कार्यकारी निर्माता रहेको यो चलचित्रलाई नेपालभर ‘आरआर फिल्मस्’ले वितरण गर्दैछ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!