चर्चामा
काठमाडौ ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले इमेलमार्फत आफू फोर्स लिभमा बसेको सूचना बैंक प्रशासनलाई पठाएका छन्। स्रोतका अनुसार बुधबार बिहान शर्माले बैंक प्रशासनलाई इमेलमार्फत आफू आजदेखि फोर्स लिभमा बसेको जानकारी दिएका हुन्।
स्रोतका अनुसार उनको मोबाइल फोन अफ छ भने अनलाइन प्लेटफर्महरू पनि हिजैदेखि बन्द गरिएको छ।
सो सम्बन्धमा जिज्ञासा राख्दा बैंकका सूचना अधिकारी रविन्द्र ढकालले सीईओ शर्मा फोर्स लिभमा बसेको जानकारी दिए। नेपाल राष्ट्र बैंकबाट इन्स्पेक्सन आएको विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए।
यसैबीच, सीईओ शर्मामाथि बैंकका कर्मचारीहरूको जथाभावी सरुवा गर्ने, बैंकका स्थापित नियम तथा प्रक्रिया मिचेर निर्णय गर्ने गरेको आरोपसमेत लाग्दै आएको स्रोतको दाबी छ। यस्ता विषयमा बैंकभित्र असन्तुष्टि रहेको बताइए पनि आरोपहरूबारे बैंकले औपचारिक रूपमा कुनै स्पष्टीकरण दिएको छैन।
यसअघि बैंकमा कर्जा हिनामिनाको आरोपमा तत्कालीन सीईओ अशोक शेरचनसहित उच्च तहका अधिकारीहरूलाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरेको थियो।
अहिलेका सीईओ शर्मालाई के कारणले फोर्स लिभमा बस्नुपरेको हो भन्ने भने खुल्न सकेको छैन। स्रोतका अनुसार मंगलबार नेपाल राष्ट्र बैंकका एक अधिकारी सुपरिवेक्षणका लागि प्रभु बैंक पुगेका थिए।
तर सीईओ शर्माको फोर्स लिभ र राष्ट्र बैंकको सुपरिवेक्षणबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा हालसम्म आधिकारिक पुष्टि भएको छैन। बैंक प्रशासनले पनि यसबारे थप स्पष्ट जानकारी दिएको छैन।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!