चर्चामा
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दक्षिण कोरियाको सिओलमा आयोजना हुने ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी हुन तय गरिएको भ्रमण स्थगित गरेका छन्।
मन्त्रिपरिषद्को ३ भदौ २०८३ को बैठकले स्वीकृत गरेको उक्त भ्रमणअनुसार मन्त्री तिमिल्सिना सेप्टेम्बर ३० देखि अक्टोबर ९ सम्म कोरिया जाने तयारीमा थिए। तर, देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र निरन्तर वर्षाले ठूलो जनधनको क्षति पुर्याएपछि उनले भ्रमण स्थगित गरेका हुन्।
भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा व्यापक क्षति पुर्याएको थियो। त्यसयता असोज ८ देखि ११ गतेसम्मको लगातार वर्षापछि देशका विभिन्न स्थानमा पुनः बाढीपहिरो र डुबानका घटना भएका छन्।
विपत्तिका कारण सडक, पुल, विद्युत्, सञ्चारलगायतका पूर्वाधारमा क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा अझै उद्धार, राहत र पुनःस्थापनाका काम जारी छन्।
यही अवस्थालाई ध्यानमा राख्दै सञ्चारमन्त्री तिमिल्सिनाले विदेश भ्रमणभन्दा मुलुकभित्रको विपद् व्यवस्थापन, प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना तथा सेवा निरन्तरतासम्बन्धी कामलाई प्राथमिकता दिएको सञ्चार मन्त्रालयले जनाएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!