चर्चामा
काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोले देशका प्रमुख राजमार्ग तथा सडक सञ्जाल प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ भने केही सडक खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
ललितपुरको गोदावरी नगरपालिका–४ स्थित टिकाभैरव–चारधारे सडकमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा रहेको छ। यस्तै कान्तिलोकपथको ताकुर्चे खण्ड पूर्ण रूपमा बन्द भएको छ।
रसुवामा बाढीले सडक संरचनामा क्षति पुर्याएपछि मुख्य राजमार्गका सबै खण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशमा पनि बाढी र पहिरोको प्रभाव देखिएको छ। मनाङको बेसीशहर–खाडसार सडक बाढीका कारण अवरुद्ध छ भने म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड पहिरोका कारण ठप्प बनेका छन्।
यसैबीच, लगातारको मर्मत तथा पहिरो पन्छाउने कार्यपछि देशकै व्यस्त सडक सञ्जालमध्ये एक पृथ्वीराजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आउने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ।
प्रहरीले प्रभावित सडक क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ जान सर्वसाधारणलाई आग्रह गरेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!