चर्चामा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा मौज्दात रकम रु १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ पुगेको छ ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत विभिन्न नौ वटा वाणिज्य बैंकमा रु १२ अर्ब ५ लाख ९९ हजार ७२९ मौज्दात रहेको छ । यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर जम्मा भएको छ ।
सरकारले उक्त कोषमा संकलित रकममध्ये यसअघि नै रु एक अर्ब बाढी प्रभावित क्षेत्रका राहत, उद्धार तथा पुनःस्थापना कार्यका लागि निकासा गरिसकेको जनाएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारी कोषमा सहयोग आउने क्रम अझै जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!