चर्चामा
विराटनगर । तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका-१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति तास खेलिरहेको अवस्थामा कोइरालासहित आठ जनालाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएकोमंगलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका अन्य व्यक्तिहरूले चिया खान उठाउन खोज्दा कोइराला नबोलेपछि अचेत अवस्थामा रहेको थाहा भएको प्रहरीले जनाएको छ ।त्यसपछि उनलाई तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!