‘किड्स, मिस एण्ड मिसेस स्पेशल डान्स रियालिटी शो २०८३’ मा स्वस्तिका, प्रसु र सुनिताको जित

‘किड्स, मिस एण्ड मिसेस स्पेशल डान्स रियालिटी शो २०८३’ मा स्वस्तिका, प्रसु र सुनिताको जित

काठमाडौँ । ‘किड्स, मिस एण्ड मिसेस स्पेशल डान्स रियालिटी शो २०८३’ मा किड्सतर्फ स्वस्तिका श्रेष्ठ, मिसतर्फ प्रसु अधिकारी र मिसेसतर्फ सुनिता मुनिकार विजेता बनेका छन्।

बालबालिका तथा महिलाको प्रतिभा, आत्मविश्वास र नृत्यकला उजागर गर्ने उद्देश्यले काठमाडौँमा आयोजित प्रतियोगितामा विभिन्न विधाका प्रतिस्पर्धीहरूले आकर्षक प्रस्तुति दिएका थिए।

प्रतियोगितामा किड्सतर्फ बबिना थोकर प्रथम उपविजेता तथा हेमिना रोकाया द्वितीय उपविजेता घोषित भए। मिसतर्फ प्रकृति अधिकारी प्रथम उपविजेता र आकृति तामाङ द्वितीय उपविजेता बने भने मिसेसतर्फ आश्मा केसी प्रथम उपविजेता तथा बिना तामाङ द्वितीय उपविजेता घोषित भए।

विजेता तथा उपविजेताहरूले नगद पुरस्कार, मेडल, स्यास, ट्रफी, प्रमाणपत्र तथा आकर्षक उपहार प्राप्त गरेका छन्। कार्यक्रममा बाल आश्रमका बालबालिकालाई समेत मञ्च प्रदान गरी समाजसेवाको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमकी प्रमुख अतिथि स्पेन तथा ओमानका लागि नेपालकी पूर्व राजदूत डा. शर्मिला पराजुली ढकालले प्रतियोगितामा सहभागी ३२ जनालाई एक–एक हजार रुपैयाँका दरले कुल ३२ हजार रुपैयाँ नगद प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेकी थिइन्।

कार्यक्रममा कलाकार किरण केसी, सपन श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, गायिका सारिका घिमिरे, विष्णु माया पौडेल र सन्तोषी कार्की लगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए।

इन्टरनेसनल स्किल डेभलपमेन्ट काउन्सिलकी अध्यक्ष शोभा गुरुङ, फेसन डिजाइनर तथा इभेन्ट निर्देशक ममता बस्नेत र निरी डान्स एण्ड जुम्बा एकेडेमीकी प्रबन्ध निर्देशक रिना श्रेष्ठको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। इभेन्ट व्यवस्थापन भूमिक थापाले सम्हालेका थिए।

प्रतियोगिताको मूल्याङ्कन राजेन्द्र कमल राई, प्रशान्त तामाङ, शिलेश्मा हमाल, सेजल जलान र जुली गुरुङ सम्मिलित निर्णायक मण्डलले गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
14 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP