राति भात वा रोटी खाँदैमा तौल बढ्छ? पोषणविद्को यस्तो सुझाव

राति भात वा रोटी खाँदैमा तौल बढ्छ? पोषणविद्को यस्तो सुझाव

काठमाडौं । 'राति भात खाँदा तौल बढ्छ', 'रोटी खाँदा पनि मोटोपन बढ्छ' वा 'तौल घटाउन राति कार्बोहाइड्रेट खानु हुँदैन' भन्ने धारणा धेरैमा पाइन्छ। तर पोषणविद्का अनुसार राति भात वा रोटी खाँदैमा मात्र तौल बढ्दैन। तौलमा खानाको मात्रा, त्यससँग लिइने अन्य खाद्य पदार्थ र समग्र जीवनशैलीको महत्वपूर्ण भूमिका हुन्छ।

पोषणविद्का अनुसार भात वा रोटीलाई मात्र तौल बढ्नुको कारण मान्नु उचित हुँदैन। रोटी वा भातसँग कस्तो खाना खाइन्छ र कति मात्रामा बोसो तथा क्यालोरी लिइन्छ भन्ने कुराले बढी प्रभाव पार्छ।

यदि नियमित शारीरिक गतिविधि नगर्ने र रोटी वा भातसँगै घिउ, तेल तथा अत्यधिक चिल्लो पदार्थयुक्त खाना खाने बानी छ भने त्यसले तौल बढाउन योगदान गर्न सक्छ। त्यसैले तौल नियन्त्रणका लागि एउटा मात्र खाद्य पदार्थलाई दोष दिनुभन्दा समग्र खानपान र जीवनशैलीमा ध्यान दिन आवश्यक हुन्छ।

राति कति भात वा रोटी खाने?

तौल घटाउने क्रममा रातिको खाना हल्का राख्न पोषणविद्ले सुझाव दिएका छन्। सामान्यतः एक-दुईवटा रोटी वा भात खाने हो भने आधा प्लेटसम्म लिन सकिने सुझाव दिइन्छ।

रातिको खानामा खिचडी, दलिया, पातलो दालसँग रोटी वा भातजस्ता तुलनात्मक रूपमा हल्का खाना लिन सकिन्छ। राति अत्यधिक बोसो तथा चिल्लो पदार्थयुक्त खाना भने कम गर्नु उपयुक्त हुने पोषणविद्को सुझाव छ।

अबेर राति खाना खाँदा समस्या

राति ढिलो खाना खाने बानीले तौलमा मात्र नभई पाचन प्रणालीमा समेत असर पार्न सक्छ। विशेषगरी खानाको मात्रा र खानपानको शैली असन्तुलित हुँदा ग्यास्ट्रिक तथा पाचनसम्बन्धी समस्या देखिन सक्ने पोषणविद् बताउँछन्।

रातिको खाना सकेसम्म बेलुका ७ देखि ८ बजेको आसपास खानु उपयुक्त हुने सुझाव दिइएको छ। खाना खाएपछि पर्याप्त समय राखेर सुत्ने बानीले पनि पाचन प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ।

भात खानेहरूले चामललाई पर्याप्त पानीमा उमालेर माड फालेर पकाउने विधि अपनाउन सक्ने पनि पोषणविद्ले सुझाव दिएका छन्।

समग्रमा, तौल नियन्त्रणका लागि राति भात वा रोटी पूर्ण रूपमा छाड्नुभन्दा खानाको मात्रा, तयारी गर्ने तरिका, सँगै खाने परिकार र दैनिक शारीरिक गतिविधिमा ध्यान दिनु महत्वपूर्ण हुन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
13 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP