काङ्ग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार मेघनाथ भुर्तेलको मत अपिल

काङ्ग्रेसको  केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार मेघनाथ भुर्तेलको मत अपिल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ बाट समानुपातिकतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार मेघनाथ भुर्तेल ले आफूलाई मतदान गर्न अपिल गरेका छन्।

भुर्तेलले अग्रजको अनुभव र युवाको सक्रियतालाई समेट्दै कांग्रेसलाई थप सशक्त, गतिशील र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनले पार्टी संगठनलाई नयाँ ऊर्जा, नयाँ सोच र समावेशी नेतृत्वका साथ अगाडि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

“अग्रजको आशीर्वाद, युवाको सक्रियता, संगठनको समृद्ध भविष्य” भन्ने नारासहित चुनावी मैदानमा रहेका भुर्तेलले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। उनले कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदर्शलाई थप मजबुत बनाउने अभियानमा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

महाधिवेशनको निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर ४ का प्रतिनिधिहरूसँग भेटघाट तथा संवादलाई तीव्र बनाएका भुर्तेलले संगठन सुदृढीकरण, युवा सहभागिता विस्तार र पार्टीको एकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत समानुपातिक कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार भुर्तेलले आफ्नो पक्षमा मत प्रदान गरी विजयी गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग हार्दिक अपिल गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
13 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP