चर्चामा
काठमाडौं । गायक तथा संगीतकार उमाशंकर जोशीको नयाँ देउडा गीत ‘गाउँमा हल्ला चल्यो’ सार्वजनिक भएको छ।
प्रेमकथामा आधारित गीतमा एउटै गाउँमा बस्ने प्रेमी–प्रेमिकाबीचको सम्बन्ध, प्रेमसँगै जोडिएका पीडा, भावना र मायालाई देउडा भाकामार्फत प्रस्तुत गरिएको छ।
गीतमा उमाशंकर जोशी र रेखाको स्वर रहेको छ भने संगीत उमाशंकर जोशीकै रहेको छ। कृष्ण मल्ल ठकुरीको शब्द रहेको गीतमा देवेश राईको एरेन्ज र नरेश बीबीसीको मिक्सिङ रहेको छ।
प्रेम, पीडा र गाउँले परिवेशलाई केन्द्रमा राखिएको ‘गाउँमा हल्ला चल्यो’ उमाशंकर जोशीको पछिल्लो सांगीतिक प्रस्तुति हो। जोशीले यसअघि ‘मनकी कली’, ‘पिरतीको हल्ला’ र ‘मुगु रारा ताल, लाउ कि नलाउ मायाजाल’ लगायतका देउडा गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो पहिचान बनाएका छन्।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!