चर्चामा
काठमाडौ ।नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई औपचारिक निमन्त्रणा दिएको छ।
कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले भेटेरै लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशनमा सहभागी हुन निमन्त्रणा गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुँदैछ।
सहमहामन्त्री जबराका अनुसार उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई समेत आमन्त्रण गरिएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!