चर्चामा
काठमाडौं । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको छ। जलसतह बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएको छ।
शनिबार बिहान ६ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव रेकर्ड गरिएको छ। जलसतह उच्च बनेपछि थप ढोका खोलिएको हो।
यसअघि शुक्रबार बिहान १० बजे प्रतिसेकेन्ड १ लाख ९८ हजार २ सय २० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएको थियो। दिउँसो १ बजे बहाव २ लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा र दिउँसो २ बजे २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका सञ्चालनमा ल्याइएको थियो।
कोशी ब्यारेजमा पानीको बहाव बढेपछि जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बालिएको छ। जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, नदीमा माछा मार्न तथा दाउरा सङ्कलन गर्न नजान अनुरोध गरेको छ। वर्षा जारी रहेकाले नदीमा पानीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!