चर्चामा
काठमाडौँ । निरन्तरको वर्षाका कारण काठमाडौँको टेकु कालोपुल क्षेत्रस्थित कोरिडोरको सडक डुबानमा परेको छ।
नदीमा पानीको बहाव बढेसँगै कोरिडोरको सडक जलमग्न भएपछि सवारीसाधन तथा पैदलयात्रुको आवतजावतमा समस्या भएको छ। लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका अन्य नदी तथा खोलानजिकका तटीय क्षेत्रमा समेत डुबानको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ आसपास रहेको न्यून चापीय प्रणालीको समेत प्रभाव नेपालमा परेको विभागले जनाएको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!