चर्चामा
काठमाडौं । गायिका एलिना चौहानले व्यवसायमा सुरु गरेको ‘रमणी’ पसल सञ्चालनमा आएको केही दिनमै पुरानो स्थानबाट हटाउनुपर्ने अवस्था आएको बताएकी छन्। मंगलबार फेसबुकमा भिडियो सार्वजनिक गर्दै एलिनाले घरभेटी परिवर्तन भएपछि घर भाडामा नदिने भन्दै पसल खाली गर्न आग्रह गरिएको बताइन्। समय मागेर अहिले नयाँ ठाउँमा ‘रमणी’ सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ।
एलिनाका अनुसार मध्य-बानेश्वरस्थित रत्नराज्य स्कुलअगाडि नयाँ भवनमा ‘रमणी’ सञ्चालनमा आउनेछ। उनले करिब ९-१० दिनभित्र नयाँ स्थानबाट सेवा सुरु गर्ने जानकारी दिएकी छन्।
गीतसंगै व्यवसायलाई पनि अगाडि बढाउने आफ्नो मुख्य सपना रहेको बताउँदै एलिनाले नयाँ ठाउँमा पनि दर्शक तथा ग्राहकको साथ पाउने विश्वास व्यक्त गरेकी छन्।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!