कांग्रेसका नगर सभापति धमाधम निर्वाचित, ५१२ पालिकामा अधिवेशन सम्पन्न

कांग्रेसका नगर सभापति धमाधम निर्वाचित, ५१२ पालिकामा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा अधिवेशन जारी छ। असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ।

अधिवेशनबाट विभिन्न पालिकामा सभापतिसहित पदाधिकारी चयन भएका छन्। अहिलेसम्म सार्वजनिक भएका परिणामअनुसार काठमाडौं महानगरपालिकाको सभापतिमा सुशन वैद्य, हेटौँडा उपमहानगरपालिकामा रामकृष्ण कोइराला, धरान उपमहानगरपालिकामा नरेन्द्रप्रसाद राई ‘प्रवीण’, भरतपुर महानगरपालिकामा बुद्धिकान्त न्यौपाने र तुलसीपुर उपमहानगरपालिकामा वीरेन्द्र शाह निर्वाचित भएका छन्।

त्यस्तै मेचीनगर नगरपालिकामा योगेन थापा मगर, भानु नगरपालिकामा राजन श्रेष्ठ, टीकापुर नगरपालिकामा झनकराज तिमिल्सिना, मंगलसैन नगरपालिकामा हेमराज भण्डारी, बेनी नगरपालिकामा चक्र केसी, चौतारा साँगाचोकगढी नगरपालिकामा निर्मल श्रेष्ठ र सोलुदूधकुण्ड नगरपालिकामा छोङबा लामा शेर्पा सभापति चयन भएका छन्।

कांग्रेसका अनुसार बाँकी पालिकामा पनि असोज ८ र ९ गते अधिवेशन हुने कार्यतालिका छ। त्यसपछि मात्रै देशभरका सबै पालिकाका सभापतिको अन्तिम विवरण सार्वजनिक हुने भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
13 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP