चर्चामा
भारतको सुरतस्थित श्याम संगिनी टेक्सटाइल मार्केटमा लागेको भीषण आगलागी सुनियोजित रूपमा लगाइएको खुलेको छ।
प्रहरीका अनुसार बाँकी १० हजार भारु तलब नपाएको भन्दै आक्रोशित ३३ वर्षीय एकाउन्टेन्ट विनोद पण्डित सावलेले करिब १५० भारुको पेट्रोल किनेर पसलहरूमा आगो लगाएका थिए।
गत सेप्टेम्बर ९ मा लागेको आगो नियन्त्रणमा लिन दमकललाई ३८ घण्टाभन्दा बढी समय लागेको थियो। आगलागीमा १४ वटा पसल पूर्ण रूपमा जलेर करिब २४ करोड भारु बराबरको क्षति भएको बताइएको छ।
सिसिटिभी फुटेजका आधारमा अनुसन्धान अघि बढाएको सुरत क्राइम ब्रान्चले फरार आरोपी विनोदलाई पक्राउ गरेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!