चर्चामा
काठमाडौं । इन्डोनेसियाका विभिन्न क्षेत्रमा फैलिएको भीषण वन डढेलोबाट निस्किएको विषाक्त धुवाँका कारण स्वास्थ्य संकट गहिरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अगस्टयता १ लाख ७५ हजारभन्दा बढी मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। प्रभावितमध्ये ४० हजारभन्दा बढी बालबालिका रहेको बताइएको छ। धुवाँका कारण खोकी, ब्रोन्काइटिस र निमोनियाजस्ता समस्या देखिएपछि केही क्षेत्रमा विद्यालय बन्द गरिएका छन्।
डढेलोबाट निस्किएको धुवाँ मलेसिया, सिङ्गापुरलगायत छिमेकी मुलुकसम्म पुगेको छ। प्रभावित क्षेत्रमा वायु प्रदूषण बढेपछि स्वास्थ्य चेतावनी जारी गरिएको छ। स्वतन्त्र वन निगरानी संस्थाका अनुसार यस वर्ष इन्डोनेसियामा ठूलो क्षेत्रफलको वन तथा जमिन डढेलोबाट प्रभावित भएको छ। बोर्नियो र सुमात्रामा आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, विमान तथा क्लाउड सिडिङ प्रविधिसमेत प्रयोग भइरहेको छ।
अत्यधिक सुख्खा मौसमका कारण डढेलो थप फैलिन सक्ने भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!