चर्चामा
काठमाडौँ । सरकारले यस वर्षको दसैँमा सहुलियत मूल्यमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार खसी-बोका खरिदका लागि यस वर्ष बजेट विनियोजन नभएकाले उपत्यकामा सहुलियतका चौपाया ल्याउन नसकिने भएको हो।
कम्पनीले गत वर्ष १ हजार ५ सय खसी-बोका र ३ सय च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गरेको थियो। यस वर्ष भने बजारमा सरकारी सहुलियतको खसी-च्याङ्ग्रा नपाइने भएको छ।
चौपाया खरिद-बिक्री केन्द्रका अनुसार दसैँमा काठमाडौं उपत्यकामा मात्रै करिब ३५ देखि ४० हजार खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!