असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म (असोज ९-११) देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थान तथा कर्णालीका केही क्षेत्रमा पनि भारी वर्षा हुन सक्नेछ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप सक्रिय हुँदै गएकाले बुधबारदेखि नै वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबान हुन सक्ने तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाले चेतावनी दिएको छ। हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहीलाई समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
17 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP