बाँदर गयो स्कुल पढ्न, विद्यार्थी र शिक्षक भए हेरेको हेरै !

बाँदर गयो स्कुल पढ्न, विद्यार्थी र शिक्षक भए हेरेको हेरै !

झापा । झापाको दुधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको कक्षाकोठामा अचानक बाँदर छिरेपछि शिक्षक र विद्यार्थी अचम्ममा परेका छन्।  स्कुलमा बाँदरले एक घन्टा पढाएको सुनेर बाहिरिएको छ ।असोज ५ गते बिहान नेपाली विषयको पढाइ सुरु हुँदै थियो ।

कक्षा सञ्चालन भइरहेका बेला छिरेको बाँदर केहीबेर विद्यार्थीझैँ शान्त र अनुशासित भएर कक्षामै बसेको दृश्य भिडियोमा देखिन्छ। शिक्षकले नेपाली विषय पढाइरहँदा बाँदर पनि चुपचाप बसेपछि विद्यार्थी र शिक्षक हेरेको हेरै भएका थिए।

बाँदर कक्षामा बसेको उक्त रोचक दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियो हेर्नेहरूबीच भने एउटै जिज्ञासा छ-बाँदरले शिक्षकले पढाएको बुझ्यो कि सुनेर मात्रै बस्यो होला।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
17 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP