संविधान दिवसमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेन शाहलाई युएई नेतृत्वको बधाई

संविधान दिवसमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेन शाहलाई युएई नेतृत्वको बधाई

काठमाडौं । नेपालको संविधान दिवसका अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन्। 

यस्तै, युएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तुम तथा उपराष्ट्रपति, उपप्रधानमन्त्री एवं प्रेसिडेन्सियल कोर्टका अध्यक्ष शेख मन्सुर बिन जायेद अल नाह्यानले पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई छुट्टाछुट्टै बधाई सन्देश पठाएका छन्। 

नेपालले प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गर्दछ। यस अवसरमा मित्रराष्ट्र युएईका उच्च नेतृत्वबाट नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई शुभकामना सन्देश पठाइएको हो। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
13 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP