कांग्रेस संस्थापन इतर समूहले छुट्टै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने

कांग्रेस संस्थापन इतर समूहले छुट्टै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको छ।

समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयबाट तय गरिएको निर्णयअनुसार महाधिवेशनमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो। संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियाका विषयमा आफ्नो छुट्टै धारणा र तयारी अघि बढाउने जनाएको छ।

समूहका नेता डा. प्रकाशशरण महतले सोमबार दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गरी यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रक्रिया, पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति तथा आगामी रणनीतिबारे समूहको स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
14 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP