भक्तपुरबाट ८८ वर्षीय वृद्ध १० दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपिल

भक्तपुरबाट ८८ वर्षीय वृद्ध १० दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपिल

काठमाडौं । भक्तपुरको मध्यपुर थिमीबाट बेपत्ता भएका ८८ वर्षीय वृद्ध जगतलाल वादे १० दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन्।

मध्यपुर थिमी नगरपालिका–७, नगदेश ध्वाकासी निवासी वादे भदौ १८ गते बिहान ११ बजेदेखि मध्यपुर थिमी क्षेत्रबाट बेपत्ता भएका हुन्। उनी हराएपछि परिवारले प्रहरी वृत्त थिमीमा खोजीका लागि निवेदन दिएको भए पनि हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।

परिवारका अनुसार वादेको उचाइ करिब ५ फिट ८ इन्च रहेको छ। उनी बेपत्ता हुँदा दौरा–सुरुवाल, ढाकाटोपी र कालो कोट लगाएका थिए। उनी नेवारी भाषा बोल्ने गरेको परिवारले जनाएको छ।

वृद्ध वादेलाई कसैले देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न परिवारले अनुरोध गरेको छ। साथै, ९८२६५१९६४८ वा ९७४९०७९२७० नम्बरमा सम्पर्क गरिदिन परिवारले अपिल गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
14 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP